
काठमाडौ, ५ असोज
नेपालमा विगत २४ घण्टामा १ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ३६ र महिला ४ सय १८ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४ सय ०३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना र होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण १६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष १३ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा २ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा १० जना र प्रदेश नं. ५ मा ३ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय २७ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ०५ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ४७ हजार २ सय ३८ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ हजार २ सय ३७ जना, प्रदेश नं. २ मा १२ हजार ३ सय ८९ जना, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ जना, गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना, प्रदेश नं. ५ मा ७ हजार ४ सय ३७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार ६ सय ११ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ६ सय ९० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ३ सय १५ जना, प्रदेश नं. २ मा ९ सय ९८ जना, बागमती प्रदेशमा ४ हजार ९ सय ६१ जना, गण्डकी प्रदेशमा २ सय ८६ जना, प्रदेश नं. ५ मा ७ सय ५९ जना, कर्णाली प्रदेशमा १ सय ८३ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ८८ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ९ सय २१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ६९ जना, प्रदेश नं. २ मा ८ सय २५ जना, बागमती प्रदेशमा ५ हजार २ सय १८ जना, गण्डकी प्रदेशमा ६ सय ५४ जना, प्रदेश नं. ५ मा १ हजार २ सय १७ जना, कर्णाली प्रदेशमा २ सय ८९ जना, र सुदुरपश्चिम प्रदेशमा ४ सय ४९ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार ४ सय ०३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ६७ जना, प्रदेश नं. २ मा ३ सय ५७ जना, बागमती प्रदेशमा ५ सय ०४ जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय १२ जना, कर्णाली प्रदेशमा ६ सय ५८ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय ११ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ९६ रहेको छ । जसमा प्रदेश न.१ मा १० जना, प्रदेश न. २ मा १६ जना, बागमती प्रदेशमा १ सय २८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २२ जना, कर्णाली प्रदेशमा १५ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३१ जना रहेका छन । जसमा प्रदेश न.१ मा १ जना, वागमती प्रदेशमा २८ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, रसुवा, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ८ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड १२ लाख ७७ हजार ३ सय ९८ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ६५ हजार ६ सय ५६ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड २८ लाख ५३ हजार ९ सय ८१ जना रहेको छ ।

