निराजन ओलि बचाउ अभियानमा चन्द्रोदय विद्या कुञ्जद्वारा आर्थिक सहयोग

  • २ भाद्र २०७७, मंगलवार १९:२४ मा प्रकाशित
  • तुलसिपुर २ भाद्र दाङ तुलसिपुर वडा न १२ गरगरुवा निवासि कुल बहादुर वलिका १५ वर्षिय छाेरा निराजन वलि गत माघ महिना देखि जटिल खालकाे क्यानसर राेगबाट पिडित भइ हाल ललितपुर स्थित हरिसिद्धि नेपाल क्यान्सर अस्पतालमा उपचारत छन् ।उनकाे पिहलाे चरणकाे अप्रेसन पनि सफल भएकाे छ । परिवारकाे अार्थिक स्थिति एकदम कमजाेर भएका कारण उपचारमा समस्या भएकाे छ भने अाफ्नाे छाेरा निराजनलाइ बचाइदिनुहुन बुवा कुल बहादुरले सहयाेगि मनहरुमा समेत अपिल गर्नु भएकाे छ । चन्द्रोदय विद्या कुञ्ज तुलसिपुर ११ जसपुरमा कक्षा १० मा अध्ययनरत छात्र निराजन वलिकाे उपचारकाे सहयाेगका लागि विद्यालय परिवार तथा शिक्षक कर्मचारिहरुकाे तर्फबाट रु ३२००० र कक्षा १० का विद्यार्थिहरुकाे तर्फबाट रु १११२५ गरि कुल जम्मा ४३१२५ सङ्कलन गरि परिवार लाइ सहयाेग गरेकाे प्रिन्सिपल द्राेण बहादुर बस्नेतले जानकारि दिनुभएकाे छ । सहयाेगि मनहरुका लागि एभरेष्ट बेङककाे खाता न ००१२०५२६२०१७०६ मा जम्मा गर्न वा ९८६७०८५६६२, ९८४१३७३१६८, ९८०१५१५०७० नम्वरहरुमा सम्पर्क गर्न सक्ने परिवार स्राेतले जनाएकाे छ ।

    Leave a Reply