
काठमाडौ, २ भाद्र
नेपालमा विगत २४ घण्टामा १ हजार १६ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १३ हजार ४ सय ६१ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख ४२ हजार ८ सय ६६ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ९ सय २६ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ६ सय ७६ जना र होम आइसोलेसनमा २ हजार ८ सय ८७ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ७ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय १४ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८५ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय १३ जना, प्रदेश नं. २ मा ३ हजार ७ सय ४२ जना, बागमती प्रदेशमा ७ सय १८ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना, प्रदेश नं. ५ मा ४ हजार २ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ५७ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार २ सय ११ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १० हजार ५ सय ६३ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या २ हजार ८ सय ८७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ सय ९७ जना, प्रदेश नं. २ मा २ हजार ३ सय ४९ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा १ सय ७० जना, कर्णाली प्रदेशमा ८ जना, र सुदुरपश्चिम प्रदेशमा २५ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ७ हजार ६ सय ७६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ७८ जना, प्रदेश नं. २ मा २ हजार ७६ जना, बागमती प्रदेशमा २ हजार २ सय ५ सय १४ जना, गण्डकी प्रदेशमा २ सय ७९ जना, प्रदेश नं. ५ मा ७ सय ७९ जना, कर्णाली प्रदेशमा २ सय ०८ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ३२ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १३ हजार ९ सय २६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार १ सय १५ जना, प्रदेश नं. २ मा १ हजार ४ सय ८३ जना, बागमती प्रदेशमा ८ सय ९८ जना, गण्डकी प्रदेशमा २ हजार ९ सय ७३ जना, प्रदेश नं. ५ मा २ हजार ९० जना, कर्णाली प्रदेशमा ६ सय ८१ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९६ जना रहेको छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा डोल्पा, हुम्ला, मुस्ताङ र मनाङ रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड २१ लाख १३ हजार ४ सय १० रहेको छ भने सक्रिय संक्रमित संख्या ६४ लाख ८६ हजार २ सय ९० रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ७८ हजार ५ सय ३७ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ४८ लाख ४८ हजार ५ सय ८३ जना रहेको छ ।

