मास्क लगाऊना अनुरोध गर्दा प्रहरी कुटिए , खोज जारी ॥

  • १ भाद्र २०७७, सोमबार २२:२३ मा प्रकाशित
  • कपिलवस्तु — शुद्धोधन गाउँपालिकाको लबनी चौराहामा मास्क लगाएर हिँड्न आग्रह गर्दा युवाको समूहले ६ जना प्रहरीमाथि कुटपिट गरेका छन् । लबनी अस्थायी प्रहरी चौकीमा कार्यरत हवल्दार विनोद वरुण, जवानद्वय जियावन कोहार र महेन्द्र यादवमाथि कुटपिट भएको प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए । उनी बढी घाइते छन् । उनीहरुको रुपन्देहीको मणीग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । सामान्य अवस्थाका मुकेश यादव लगायत ३ प्रहरीको उपचार स्थानीय मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ । बाटोमा हिँडेका दुई युवालाई मास्क लगाउन भन्दै प्रहरीले सम्झाइ–बुझाइ गरेर पठाएको थियो । पछि उनीहरुले गाउँबाट युवाहरुको समूह बोलाएर प्रहरीमाथि नै कुटपिट गरेको उनले बताए । कुटपिट गर्ने युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको छ ।
    कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई मास्क नलगाइ नहिँड्न निर्देशन गरेको थियो । उक्त अभियानमा खटिएका प्रहरीमाथि हातपात भएको हो ।

    Leave a Reply