
दाङ, तुलसीपुर , २७ साउन
दाङ जिल्लाको तुलसीपुरमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके स्थित भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरमा अबस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीका २९ जना जवानमा कोरोना पोजिटिभ देखिएको हो ।
यहि साउन १८ गते संक्रमित हुन पुगेका सेना जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ गर्दा ३१ जना मध्ये २९ जनामा संक्रमण देखिएको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले बताए ।
नेपाली सेनाको प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका क्रममा नेपालगञ्ज जाँदै लाग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि निजको साउन १६ गते थ्रोट स्वाब नमुना संकलन गरि परिक्षण गर्दा संक्रमित देखिएका थिए ।
ति संक्रमित जवानको संक्रमण सम्पर्कमा आएका ३१ जना सैनिक जवानको साउन २३ गते स्वाब संकलन गरि परिक्षण गर्दा २९ जनाको पोजिटिभ र २ जनाको नेगेटीभ देखिएको थियो । हाल सबै संक्रमित बाहिनी भित्रैको आइसोलेसनमा बस्दै आएका छन् ।

