आज थप ६ सय ४१ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुग्यो

  • ३२ श्रावण २०७७, आईतवार २१:५३ मा प्रकाशित
  • काठमाडौ, ३२ साउन
    नेपालमा विगत २४ घण्टामा ६ सय ४१ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ४ सय २३ र महिला २ सय १८ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १२ हजार २ सय ४७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख १७ हजार ९ सय ०७ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २ सय ४३ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण २ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ४ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३४ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ०८ जना, प्रदेश नं. २ मा ३ हजार ६ सय १२ जना, बागमती प्रदेशमा ६ सय ५४ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय २८ जना, प्रदेश नं. ५ मा ४ हजार २ सय ८८ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ३८ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार २ सय ०७ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ९ हजार २ सय २१ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ९ सय ५८ जना, प्रदेश नं. २ मा ३ हजार ९ सय ६७ जना, बागमती प्रदेशमा २ हजार १ सय ९१ जना, गण्डकी प्रदेशमा २ सय ८० जना, प्रदेश नं. ५ मा ८ सय २१ जना, कर्णाली प्रदेशमा २ सय २२ जना, र सुदुरपश्चिम प्रदेशमा ७ सय ८२ जना रहेको छ ।

    त्यस्तै होम आइसोलेसनमा बस्नेको संख्या ५ सय ०३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९३ जना, प्रदेश नं. २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा ० जना, प्रदेश नं. ५ मा १ सय ८१ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदुरपश्चिम प्रदेशमा १२ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा पुरुष ९ र महिला १ गरि १० जना, प्रदेश नं. २ मा पुरुष ३४ र महिला ११ गरि ४५ जना, बागमती प्रदेशमा पुरुष १३ र महिला ५ गरि १८ जना, गण्डकी प्रदेशमा पुरुष ६ जना, प्रदेश नं. ५ मा पुरुष १० र महिला ३ गरि १३ जना, कर्णाली प्रदेशमा पुरुष ४ जना, र सुदुरपश्चिम प्रदेशमा पुरुष ५ र महिला ३ गरि ८ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १५ हजार २ सय ४३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ५ सय ८२ जना, प्रदेश नं. २ मा १ हजार ६ सय ३१ जना, बागमती प्रदेशमा १ हजार ७ सय ४० जना, गण्डकी प्रदेशमा २ हजार ९ सय ९९ जना, प्रदेश नं. ५ मा २ हजार ०८ जना, कर्णाली प्रदेशमा ७ सय ०२ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड १६ लाख ८० हजार १५ रहेको छ भने सक्रिय संक्रमित संख्या ६५ लाख २२ हजार ६ सय ९८ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ७० हजार ८७ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ४३ लाख ८७ हजार २ सय ३० जना रहेको छ ।

    Leave a Reply