साउदी अरबको खोबर स्थित समुन्द्रतटमा एकजना नेपालीको रहस्यमय मृत्यु

  • ३० श्रावण २०७७, शुक्रबार १४:१६ मा प्रकाशित
  • साउदी अरबको खोबर स्थित समुन्द्रतटमा एकजना नेपालीको रहस्यमय मृत्यु भएको छ ! साउदी एन. आर.एन. ए. स्थानीय समन्वय समिति अलखोबरका अध्यक्ष बिष्णु भण्डारी द्वारा उपलव्ध गराईएको जानकारी अनुसार खोबर स्थित अल रशिद कम्पनीमा कार्यरत लोकबहादुर घर्तिमगरको कामकै सिलसिलामा बोटबाट खसेर मृत्यु भएको जनाइएको छ !

    उपलब्ध गराइएको जानकारी अनुसार समुद्रको अर्को तटमा कम्पनीको काम चलिरहेकोले वहाँले कम्पनीका कामदारलाई ल्याउन प्रयोग हुने बोट लगेर जाँदैगर्दा बोट बाट खसेर मृत्यु भएको भनिएको छ भने बोटमै मृतकको मोबाईल सुरक्षित रहेकोले र बोट साधारण अवस्थामा रहेकोले दुर्घटना हो वा त्यसका पछाडि अरु कुनै कारण छन् भन्ने अन्योल नै रहेको छ ।

    Leave a Reply