घोराही, ९ भाद्र
कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा स्थानीय प्रशासनले निजि तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । जोर बिजोर प्रणाली यहि भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने जनाइएको छ । साथै विद्यमान समयमा जारी रात्रीकालिन बन्दलाई पनि कायमै राख्ने निर्णय गरेकी छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले उक्त निर्णय हरेको हो ।
वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वरको उपस्थितिमा बैठक बसेको थियो ।
बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय भएको हो । वैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।
वैठकले सबै गाउँपालिकामा क्वारेन्टाइन, आइस्योलेसनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ । वैठकले बढि भिडभाड हुने वैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयहरुमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य माक्स प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको छ ।

