
घोराही, १ भदौ
दाङ जिल्लाको घोराहीमा रहेकोे एक बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा निजको स्वाव नमुना आरटी पिसिआर प्रविधिबाट गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको हो।
पोजिटिभ हुनेमा घोराहीको सहिद गेट नजिकै अवस्थित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत २२ वर्षीय पुरुष भएको जानकारी घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले दिएका छन ।
उक्त कर्मचारी संक्रमित हुनुको स्पष्ट कारण वा जानकारी खुल्न सकेको छैन । यस घटनाले कोरोना समुदाय स्तरमा फैलन थालेको हो कि भन्ने शंकालाई अझ बलियो तुल्याएको छ ।
बैंकमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंकले आफ्ना सेवा रोकेको छ भने प्रहरीले उक्त बैंक सिल गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।
यस पुर्व भारत लगायत विदेशबाट आएका तथा तिनीहरुको सम्पर्कमा आएकालाई ब्यक्ति तथा स्वास्थ्यकर्मीमा मात्र कोरोना पोजेटिभ देखिदै आएकोमा पहिलो पटक बैक कर्मचारीमा देखिएको हो ।

