गोरखा जिल्ला प्रवेश गर्ने जो कोही पनि अब क्वारेन्टिनमा बस्नै पर्ने

  • ९ भाद्र २०७७, मंगलवार ०२:१७ मा प्रकाशित
  • गोरखा जिल्ला प्रवेश गर्ने जो कोही पनि अब क्वारेन्टिनमा बस्नै पर्ने

    गोरखा ८ भदौं । नोबल भाइरस (कोभिड–१९)को संक्रमण बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै गोरखा जिल्ला प्रवेश गर्ने जो सवैले अनिबार्य क्वारिन्टीन बस्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले जिल्ला प्रवेश गर्ने जो कोहीले पनि अनिबार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको हो ।

    केही समय यता गोरखा जिल्ला संघ सिमाना जोडिएका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमणका बिरामीहरु बढ्न थाले संगै कमाण्ड पोष्टले जिल्लालाई थप सुरक्षित राख्न यस्तो निर्णय गरेको गोरखा नगरपालिका मेयर राजनराज पन्तले जानकारी दिनुभयो । ‘जिल्लाको विभिन्न नाकाहरु भएर जिल्ला प्रवेश गर्ने ब्यत्तिहरुको अभिलेख दरिलो रुपमा राख्ने, जिल्ला प्रवेश गर्ने ब्यक्तिलाई अनिवार्य रुपमा मास क्वारेन्टाईन वा होम क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउने सम्वन्धित स्थानिय तहहरुले मिलाउने निर्णय भएको छ ।’ उहाँले भन्नुभयो ।

    यो निर्णय संगै आजदेखि जिल्लाको कुनै पनि नाकाबाट प्रबेश गर्नेहरुलाई सामुहिक क्वारेन्टिन वा होम क्वारेन्टिनमा राखिने कमाण्ड पोष्टका संयोजक एवम प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो । सोही बैठकले जिल्लामा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण रोकथामको लागि जिल्लामा भए गरेका कार्यहरुको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

    समितिका सदस्यहरुमा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, पत्रकार महासंघ, गोरखा उद्योग बाणिज्य संघ र च्याम्बर अफ कमर्स गोरखाको प्रतिनिधी रहने गरि समिति गठन भएको छ । समितिको सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकालाई चयन गरिएको जनाइएको छ । नागरिकसवाल ले छापेको छ ।

    Leave a Reply