इकमा नबनाईएका वा नवीकरण नगरिएका, हुरुप लागेका नेपालीलाई खुशीको खबर ।

  • १५ भाद्र २०७७, सोमबार १७:३२ मा प्रकाशित
  • रम्जान “समर्पण”

    साउदी अरब ! साउदी अरबको विभिन्न कम्पनीमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका, हुरुप लगाइएका कारण चाहेर पनि स्वदेश फर्कन नसकेका नेपालीहरुलाई नेपाली दूतावास रियादले स्वदेश फर्कन Exit Visa उपलब्ध गराउन आवस्यक कागजात पठाउन अब्हान गरेको छ ।
    दूतावास रियादले गत ३० अगस्ट २०२० मा आफ्नो फेस्बुक पेज बाट सुचना जारिगर्दै सम्पुर्ण नेपाली श्रमिकहरुलाइ आवश्यक कागजातहरु, पासपोर्टमा आफ्नो फोटो रहेको पान्ना, इकमा कपि ५ महिना भन्दा बडि म्याद सकिएको भएमा, इकामा नबनाएको भए साउदी आउँदा एअरपोर्टमा लेखिएको बोर्डर नम्बर भएको पान्ना व्हाटसप (०५९००५०७०८) बाट पठाउन अनुरोध गरेको छ ।
    नेपाली श्रामिकहरुलाई आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई नेपाली दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले अनुमति दिए पछि त्यस्ता केस भएका हालसम्म ७३८ जना नेपालीहरुलाइ साउदी सरकारले बहिर्गमन भीसा जारी गरेको छ ।
    यो प्रकृयाकाे थालनी भएदेखि Exit visa जारी भएका नाम सूचि हरु दूतावास रियादले आफ्नो पेजबाट बारम्बार सेयर गरि श्रमिक नेपालीहरुलाइ जानकारी गराएको छ ।
    नाम निक्लेका श्रमिकहरुले नेपाल एयरलाइन्स र हिमालयन एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट टिकट काटेर नेपाल जान सक्नेछन् ।
    यदि कुनै श्रमिकहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषा (Exit Visa)का लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा Exit Visa लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने समेत जानकारी गराएको छ ।
    समाचार श्रोत नेपाली दूतावास रियाद को फेसबुक पेजबाट ।

    One thought on “इकमा नबनाईएका वा नवीकरण नगरिएका, हुरुप लागेका नेपालीलाई खुशीको खबर ।

    1. MA Saudi Ayako 7 month Pura bho na aquma na sath a passport k garnu sir Maro compane all foudia group ho name hem Chandra Regmi Hal abha MA 6u sir help me sir

    Leave a Reply