आज १ हजार २ सय २१ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुग्यो

  • १४ भाद्र २०७७, आईतवार २१:५६ मा प्रकाशित
  • काठमाडौ, १४ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार २ सय २१ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय ७३ र महिला ३ सय ४८ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । जसमा पुरुष ३० हजार २ सय ५८ र महिला ८ हजार ३ सय ०३ रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज थप हुने सक्रमित मध्ये प्रदेश १ मा १ सय १ जना, प्रदेश २ मा ३ सय ०६ जना, बागमती प्रदेशमा ५ सय ६४ जना, गण्डकी प्रदेशमा १९ जना, प्रदेश ५ मा १ सय ५४ जना, कर्णाली प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा ७५ जना रहेका छन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १२ हजार ७ सय १७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७ सय ९७ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना र होम आइसोलेसनमा ६ हजार ९ सय ०६ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण १४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय २१ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २७ जना, प्रदेश न. २ मा ८६ जना, बागमती प्रदेशमा ५१ जना गण्डकी प्रदेशमा १२ जना, प्रदेश नं. ५ मा ३१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ६७ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय ६९ जना, प्रदेश नं. २ मा ४ हजार ७ सय ४३ जना, बागमती प्रदेशमा १ हजार २३ जना, गण्डकी प्रदेशमा १ हजार ७ सय ०७ जना, प्रदेश नं. ५ मा ४ हजार ८ सय ४९ जना, कर्णाली प्रदेशमा २ हजार ८३ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ८ सय ४८ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार ५ सय १८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ९ सय ०६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ सय ९० जना, प्रदेश नं. २ मा ३ हजार ९ सय ०२ जना, बागमती प्रदेशमा १ हजार ९ सय ५० जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ४ सय ८० जना, कर्णाली प्रदेशमा १७ जना, र सुदुरपश्चिम प्रदेशमा ४९ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार ६ सय १२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ४७ जना, प्रदेश नं. २ मा २ हजार १ सय ०२ जना, बागमती प्रदेशमा ४ हजार ३ सय ७० जना, गण्डकी प्रदेशमा ४ सय ८० जना, प्रदेश नं. ५ मा १ हजार ९७ जना, कर्णाली प्रदेशमा ३ सय ६० जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय ५६ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार ७ सय ९७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ३५ जना, प्रदेश नं. २ मा ७ सय ८३ जना, बागमती प्रदेशमा ७ सय २८ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ८३ जना, प्रदेश नं. ५ मा ८ सय ५७ जना, कर्णाली प्रदेशमा ३ सय २७ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ९ सय ८६ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ४४ रहेको छ । जसमा प्रदेश न.१ मा १७ जना, प्रदेश न. २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना गण्डकी प्रदेशमा ३ जना र प्रदेश नं. ५ मा १६ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १७ जना रहेका छन । जसमा प्रदेश नं.१ मा ३ जना, वागमती प्रदेशमा १२ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ११ वटा रहेका छन । जसमा मोरङ, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ४९ लाख ६३ हजार ५ सय १५ रहेको छ भने सक्रिय संक्रमित संख्या ६८ लाख १० हजार १३ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ४७ हजार ९ सय ९२ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ७५ लाख ९६ हजार ५१ जना रहेको छ ।

    Leave a Reply