अकलेश साहको अध्यक्षतामा ओबीसी महासंघ पर्साको बैठक सम्पन, समाजिक कार्य लगायत,संगठन बिस्तार गर्ने निर्णय।

  • १४ भाद्र २०७७, आईतवार १४:०३ मा प्रकाशित
  • उमेश कुशवाहा

    वीरगंज, भाद्र १४ अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघ जिल्ला कमिटीको बैठक बसी बिभिन्न निर्णय गरेको छ।

    अकलेश साहको अध्यक्षतामा अखिल नेपाल पिछाड़वर्ग (ओबीसी) महासंघ पर्साको बैठक आज सम्पन भएको छ। बैठकमा समाजिक कार्य लगायत, संगठन बिस्तार गर्ने निर्णय भएको छ।

    महासंघ पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको पदमा बिभिन्न व्यक्तित्वहरुलाई नियुक्त गरेको छ ।

    महासंघको कार्यालयमा बिहान बसेको बैठकले उपाध्यक्षमा बिकास कुमार पटेल , सह–सचिवमा राजन साह , सदस्यहरुमा सन्दिप महतो ,सावन गुप्ता , दिपेन्द्र साह , आकाश गुप्ता,श्रवण साह, रूपेश रौनियार लगायतलाई चयन गरेको छ ।

    बैठकले पर्साको १४ स्थानिय तहमा संगठन बिस्तार गर्ने, लकडाउनका कारण पिडित बनेका परिवारलाई सहयोग गर्ने,रक्तदान लगायत बिभिन्न समाजिक कार्य गर्ने तथा नारायणी अस्पतालमा बन्द रहेको सेवाहरु सुचारु गर्न दबाब दिने जस्ता निर्णय गरेको अध्यक्ष साहले जानकारी दिनुभयो ।

    बैठकमा उपाध्यक्ष धर्मेन्द्र पटेल,बिकश कुमार पटेल,सचिव नवलकिसोर साह, सह सचिव राजन साह, कोषाध्यक्ष राकेश साह,सदस्यहरु संदिप महतो,सावन गुप्ता , रुपेश रौनियार राज रौनियार,सावन गुप्ता, दिपक साह लगायतको उपस्थिती रहेको प्रवक्ता राजकुमार साहले जानकारी दिनुभयो ।

    Leave a Reply