आज थप ८ सय ८४ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुग्यो

  • १३ भाद्र २०७७, शनिबार २०:३० मा प्रकाशित
  • काठमाडौ, १३ भाद्र
    नेपालमा विगत २४ घण्टामा ८ सय ८४ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ६ सय ४२ र महिला २ सय ४२ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । जसमा पुरुष २९ हजार ३ सय ८५ र महिला ७ हजार ९ सय ५५ रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज थप हुने सक्रमित मध्ये प्रदेश १ मा ९८ जना, प्रदेश २ मा २ सय ८१ जना, बागमती प्रदेशमा २ सय ८२ जना, गण्डकी प्रदेशमा ५५ जना, प्रदेश ५ मा ६८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदुरपश्चिम प्रदेशमा ८६ जना रहेका छन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ११ हजार ५ सय १६ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना र होम आइसोलेसनमा ६ हजार ४ सय ४५ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण १२ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय ०७ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा २३ जना, प्रदेश न. २ मा ८१ जना, बागमती प्रदेशमा ४८ जना गण्डकी प्रदेशमा १२ जना, प्रदेश नं. ५ मा २८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय १३ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय ५९ जना, प्रदेश नं. २ मा ४ हजार ६ सय ७८ जना, बागमती प्रदेशमा १ हजार ०१ जना, गण्डकी प्रदेशमा १ हजार ७ सय ०३ जना, प्रदेश नं. ५ मा ४ हजार ७ सय ४७ जना, कर्णाली प्रदेशमा २ हजार ३३ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३४ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १६ हजार ५ सय ७८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ४ सय ४५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ सय २७ जना, प्रदेश नं. २ मा ३ हजार ८ सय ४७ जना, बागमती प्रदेशमा १ हजार ६ सय ३२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा ३ सय ८९ जना, कर्णाली प्रदेशमा १७ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय १५ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार १ सय ४५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ८२ जना, प्रदेश नं. २ मा १ हजार ९ सय २४ जना, बागमती प्रदेशमा ४ हजार १ सय ५५ जना, गण्डकी प्रदेशमा ४ सय ६७ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ४० जना, कर्णाली प्रदेशमा ४ सय ०८ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय २९ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ८ हजार ३५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ३४ जना, प्रदेश नं. २ मा ८ सय ९० जना, बागमती प्रदेशमा ७ सय २४ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ५४ जना, प्रदेश नं. ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ४ सय ०२ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ५० जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ७५ रहेको छ । जसमा प्रदेश न.१ मा १५ जना, प्रदेश न. २ मा ३८ जना, बागमती प्रदेशमा ७८ जना गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १७ र कर्णाली प्रदेशमा २४ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २२ जना रहेका छन । जसमा प्रदेश नं.१ मा ३ जना, वागमती प्रदेशमा १७ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ९ वटा रहेका छन । जसमा मोरङ, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ४९ लाख ६३ हजार ५ सय १५ रहेको छ भने सक्रिय संक्रमित संख्या ६७ लाख ७६ हजार ८ सय १९ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ४२ हजार ३ सय ३६ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ७३ लाख ४४ हजार ३ सय ६० जना रहेको छ ।

    Leave a Reply