आज थप ८ सय १८ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुग्यो

  • ७ भाद्र २०७७, आईतवार २०:४४ मा प्रकाशित
  • काठमाडौ, ७ भाद्र
    नेपालमा विगत २४ घण्टामा ८ सय १८ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ९८ र महिला २ सय २० रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ८ हजार २६ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख ४ सय ४४ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ४ सय १४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना र होम आइसोलेसनमा ३ हजार ९ सय ४३ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ३ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ४९ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा १७ जना, प्रदेश न. २ मा ६४ जना, बागमती प्रदेशमा ३१ जना गण्डकी प्रदेशमा ८ जना, प्रदेश नं. ५ मा १७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना रहेका छन ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ८१ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ८० जना, प्रदेश नं. २ मा ४ हजार १ सय ९४ जना, बागमती प्रदेशमा ७ सय ६७ जना, गण्डकी प्रदेशमा १ हजार ६ सय १० जना, प्रदेश नं. ५ मा ४ हजार ४ सय २३ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ७७ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ३ सय ८० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १३ हजार १ सय ५५ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ९ सय ४३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ७३ जना, प्रदेश नं. २ मा ३ हजार २ सय ०७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा २२ जना, र सुदुरपश्चिम प्रदेशमा २६ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार २ सय १२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ५२ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ९० जना, बागमती प्रदेशमा ३ हजार ६ सय १७ जना, गण्डकी प्रदेशमा ३ सय ५० जना, प्रदेश नं. ५ मा ९ सय ३५ जना, कर्णाली प्रदेशमा ३ सय १८ जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय ५० जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ११ हजार ४ सय १४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ४० जना, प्रदेश नं. २ मा १ हजार २ सय ५० जना, बागमती प्रदेशमा ९ सय ८२ जना, गण्डकी प्रदेशमा २ हजार ५ सय ८७ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय ४४ जना, कर्णाली प्रदेशमा ५ सय ३५ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार २ सय ०६ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ३७ रहेको छ । जसमा प्रदेश न.१ मा १७ जना, प्रदेश न. २ मा ४९ जना, बागमती प्रदेशमा ५२ जना गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १६ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १० जना रहेका छन र सबै जना वागमती प्रदेशका रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा धनकुटा, हुम्ला, मुस्ताङ र म्याग्दी रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ६ वटा रहेका छन । जसमा मोरङ, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ३४ लाख २० हजार ३ सय ९२ रहेको छ भने सक्रिय संक्रमित संख्या ६६ लाख ५८ हजार ७ सय ९१ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ०९ हजार ४ सय ९५ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ५९ लाख ५२ हजार १ सय ०६ जना रहेको छ ।

    Leave a Reply