आज थप ७ सय ४३ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

  • ८ भाद्र २०७७, सोमबार २१:२८ मा प्रकाशित
  • काठमाडौ, ८ भाद्र
    नेपालमा विगत २४ घण्टामा ७ सय ४३ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ४ सय ९५ र महिला २ सय ४६ रहेका छन । आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १० हजार २ सय ३४ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ६ लाख १० हजार ४ सय ६९ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जना र होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ८ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय ५७ पुगेको छ । जसमध्ये प्रदेश न.१ मा १९ जना, प्रदेश न. २ मा ६५ जना, बागमती प्रदेशमा ३२ जना गण्डकी प्रदेशमा ८ जना, प्रदेश नं. ५ मा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना रहेका छन ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७५ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ०६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ८३ जना, प्रदेश नं. २ मा ४ हजार २ सय ४३ जना, बागमती प्रदेशमा ७ सय ७५ जना, गण्डकी प्रदेशमा १ हजार ६ सय १७ जना, प्रदेश नं. ५ मा ४ हजार ५ सय २६ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ८२ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ३ सय ८० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १३ हजार ७ सय १५ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार ५ सय ६१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ६३ जना, प्रदेश नं. २ मा ३ हजार ५ सय जना, बागमती प्रदेशमा ४ सय ३५ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश नं. ५ मा २ सय ९८ जना, कर्णाली प्रदेशमा २१ जना, र सुदुरपश्चिम प्रदेशमा २६ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार १ सय ५४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय २९ जना, प्रदेश नं. २ मा १ हजार ७ सय १८ जना, बागमती प्रदेशमा ३ हजार ५ सय ७३ जना, गण्डकी प्रदेशमा ३ सय ५८ जना, प्रदेश नं. ५ मा ८ सय ८४ जना, कर्णाली प्रदेशमा ३ सय ६५ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ११ हजार २ सय ७५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ९० जना, प्रदेश नं. २ मा १ हजार २ सय ५९ जना, बागमती प्रदेशमा ८ सय ६६ जना, गण्डकी प्रदेशमा २ हजार ५ सय ०७ जना, प्रदेश नं. ५ मा १ हजार ५ सय ८२ जना, कर्णाली प्रदेशमा ५ सय २७ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ४ सय ४४ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ३८ रहेको छ । जसमा प्रदेश न.१ मा १८ जना, प्रदेश न. २ मा ४६ जना, बागमती प्रदेशमा ५७ जना गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १४ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने १५ जना रहेका छन र सबै जना वागमती प्रदेशका रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या २ रहेको छ । जसमा हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ३४ लाख २० हजार ३ सय ९२ रहेको छ भने सक्रिय संक्रमित संख्या ६६ लाख ५८ हजार ७ सय ९१ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ०९ हजार ४ सय ९५ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ५९ लाख ५२ हजार १ सय ०६ जना रहेको छ ।

    Leave a Reply