आज थप २ सय ५९ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या २१ हजार ०९ पुग्यो

  • २० श्रावण २०७७, मंगलवार १९:१० मा प्रकाशित
  • काठमाडौ, २० साउन
    नेपालमा विगत २४ घण्टामा २ सय ५९ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ७ हजार ६ सय ८७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख ०६ हजार ५ सय ९४ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४ सय ७९ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण १ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ५८ रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६५ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १५ हजार २६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ७५ जना, प्रदेश नं. २ मा ३ हजार १ सय ८४ जना, बागमती प्रदेशमा ५ सय ४३ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ४८ जना, प्रदेश नं. ५ मा ४ हजार ७० जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ३० जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार २ सय ७६ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार ९ सय २५ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ३ सय ३४ जना, प्रदेश नं. २ मा २ हजार ४ सय २७ जना, बागमती प्रदेशमा ७ सय १६ जना, गण्डकी प्रदेशमा २ सय ६३ जना, प्रदेश नं. ५ मा ३ सय ३५ जना, कर्णाली प्रदेशमा २ सय ९५ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा २ जना, प्रदेश नं. २ मा २० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १० हजार ४ सय ७९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ५ सय ४४ जना, प्रदेश नं. २ मा १ हजार १ सय ५० जना, बागमती प्रदेशमा ८ सय २३ जना, गण्डकी प्रदेशमा २ हजार ८ सय ०५ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय ७३ जना, कर्णाली प्रदेशमा ५ सय ०७ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार २ सय ७७ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ८४ लाख ७१ हजार २ सय ०७ रहेको छ भने सक्रिय संक्रमित संख्या ६० लाख ७५ हजार २ सय ३६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ९७ हजार ९ सय ५५ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड १६ लाख ९८ हजार १६ जना रहेको छ ।

    Leave a Reply