८ वर्षिय बालिकाले गरिन यस्तो काम ! टिका लगाएर पाएको दक्षिणाले समाजसेवा

  • १७ श्रावण २०७७, शनिबार १६:१५ मा प्रकाशित
  • यिनी हुन् प्रेन्सा रेग्मी । पोखराको शिसु निकेतन इङलिस बोर्डीङ स्कुलमा कक्षा ३ मा पढ्ने ८ वर्षकी प्रेन्साको दैनिकि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले आह्वान गरेको लकडाउन पछि निकै फेरीएको छ ।

    उनी अहिले पोखराका विभिन्न स्थानमा पुग्छीन् र निशुल्क मास्क वितरणको काम गर्छिन् । उनले यो काम आफ्ना बुबा आमाले टिका लगाएर दिएको दक्षिणाबाट सुरु गरेकी हुन् ।

    उनले मास्क नलगाई बाटामा हिड्नेहरुलाई मास्क लगाएर हिड्न अनुरोध गर्छिन् । पैसा हुनेहरुले पैसा तिरेर मास्क लिन्छन् त नहुनेहरुलाई प्रेन्सा आफैले मास्क वितरण गर्ने गर्छिन् । उनलाई सहयोग गर्न निकै मन पर्छ । उनको काम र उत्साह देखेर धेरै प्रभावित भएका छन् । उनलाई यो बीचमा धेरैले आर्थिक सहयोग गर्छु भने उनले त्यो कुरालाई अस्किार गर्दै आएकी छन् ।एपिनेपाल.कममा छापिएको छ।

    Leave a Reply