हुतिहारा भए युवा , बुढाकै छ आलोपालो

  • २० श्रावण २०७७, मंगलवार ०९:०५ मा प्रकाशित
  • गाईजात्रा विशेष

    लोकराज पराजुली, साहित्यकार

    बाह्रमासे गाईजात्रा
    दाइ जात्रा भाइ जात्रा
    दोषी को छ कति मात्रा
    न्याय पाऊँ गाईजात्रा !!
    (१)
    ईशारामा न्याय चल्छ
    किनारामा रुन्छ ढल्छ
    अमृत रोप्यो विष फल्छ
    क्षमताले हात मल्छ !!
    (२)
    सुन खान्छौ पचाउँछौ
    सबै मिल्छौ बचाउँछौ
    कठपुतली नचाउँछौ
    लाज पनि पचाउँछौ !!
    (३)
    के को गाईजात्रा गर्नू , बुढो नेता दिन्न पालो
    अस्पताल पार्टी घर , न्याय मूर्ति उसकै सालो
    पार्टी झन्डा अंशबंडा, राष्ट्रध्वज भन्छौ टालो
    हुतिहारा भए युवा , बुढाकै छ आलोपालो !!
    (४)

    Leave a Reply