बीरगन्ज, भदाै ०४ बीरगन्ज महानगर पालिका वडा न.१२ स्थित प्रतिमा चोकमा रहेको त्रिशक्ति ईन्टरनेशनल ट्रेडिंगमा आगलागी भएको छ ।
बिहिवार करिब ८.३० बजे भएको आगालागी नियन्त्रणमा लिन घटनास्थलमा बारा जिल्लाको कलैया र बीरगन्ज महानगर बाट वारुण यन्त्र पुगेका छन् ।
बिधुत सर्ट भएर आगो लागेको र आगलागी नियन्त्रणमा आई सकेको जनाईएको छ ।मेशिनरी पार्टस भन्डारण गरि राखिएको गोदाममा आगो लागेको थियो ।
रेडियो बिरगंजका प्रबन्ध निर्देशक धुर्व साहको त्रिशक्ति ईन्टरनेशनल ट्रेडिङ्ग रहेको जनाएको छ ।आगलागीबाट कति क्षती भएको यकिन बिवरण प्राप्त भैइ सकेको छैन ।



