उपाध्यक्ष मार्फत बुझिलिएको पाँच लाख ६२ हजार पाँच सय पहिरो पीडितलाई वितरण ।

  • ४ भाद्र २०७७, बिहीबार २३:०१ मा प्रकाशित
  • सुशील सुबेदी

    गाँउपालिका उपाध्यक्ष सृजना तामाङले बुझिलिएको लिदि पहिरो पीडितका लार्गि देश विदेशका विभिन्न संघ संस्था ब्यतिहरुबाट प्राप्त रकम नगद पाँच लाख ६२ हजार पाँच सय रुपैयाँ पहिरो पीडितहरु लाई वितरण गरिएको छ।

    नेपाल तामाङ समाज कतार बाट रु १ लाख, द वर्गर हाउस एण्ड फ्राई चिकेन टिम बाट रु २ लाख ५२ हजार ५ सय, तामाङ सोसाइटी अफ अमेरिका बाट रु १ लाख २० हजार,हङकङ नेपाली युवा बाट ६० हजार, पदम बहादुर तामाङ पाँच पोखरी थाङ्पाल गा पा बाट व्यक्तिगत रु २० हजार, तेज तामाङ धनुषा बाट ५ हजार,सगु प्रोडक्सन प्रोपाइटर गणेश अधिकारी बाट पा्रप्त ५ हजार गरि जम्मा रकम ५ लाख ६२ हजार ५ सय रुपियाँ प्रत्यक्ष रुपमा घटना स्थलमै पुगेर गाउँ पालिका उपाध्यक्ष को रोहवरमा पहिरो पीडित लाई वितरण गरिएको छ।
    राहत ३९ मृतक र बेपत्ता लाई १० हजार को दरले ३ लाख ९० हजार त्यस्तै घाइते ५ जनालाई ५ हजारको दरले र पहिरो बाट घर पुर्ण क्षति भएका २२ घरधुरी लाई ५ हजार ५ सय को दर ले वितरण गरिएको हो े।

    Leave a Reply