दाङ प्रशासनद्वारा रात्रिकालिन निषेधाज्ञा जारी

  • १ भाद्र २०७७, सोमबार १०:२२ मा प्रकाशित
  • घोराही, १ भाद्र
    जिल्ला प्रशासन कार्यालय दाङले पछिल्लो समय कोभिड १९ संक्रमणको जोखिम तिब्र वृद्धिलाई मध्यनजर गर्दै रात्रीकालिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा आज सोमबार साँझ ७ बजेदेखी बिहान ५ बजेसम्म रहने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । साथै प्र जि अ रिजालले निषेधाज्ञा आगामी भाद्र ८ गतेसम्म जारी रहने पनि बताउनु भयो ।

    विपद (संकट) व्यवस्थापन केन्द्रको गत शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङमा वैठकले सो निर्णय गरेको थियो । विशेष गरि नेपालीहरुको चार्डपर्व नजिकीदै गर्दा चाडपर्वमा गरिने नाँचगान, भिडभाड, कार्यक्रम आदिले कोरोना संक्रमणको जोखिम बढाउने, शान्ति सुरक्षा कायम गर्ने जस्ता कुरालाई लक्षित गरि उक्त निर्णय लागू गरिएको बताइएको छ ।

    प्र.जि.अ.रिजालका अनुसार निषेधाज्ञाको समयमा बजार खोल्न, यातायात संचालन गर्न, सेमिनार भिडभाड गर्न र अनावश्यक हिँडडुल गर्न समेत पूर्णरुपले रोक लगाइएको छ । अत्यावश्यक सवारी साधन बाहेक सम्पुर्ण सवारीसाधन सन्चालनमा समेत रोक लगाइएको छ । अटेरी गरि नियम उल्लङघन गर्ने जोसुकैलाई आवश्यक कानुनी कारवाही गरिने जनाइएको छ ।

    Leave a Reply