छिमेकी मुलुक भारतमा एकै दिन थपिए ७६ हजारभन्दा बढी संक्रमित

  • १२ भाद्र २०७७, शुक्रबार ०८:१४ मा प्रकाशित
  • 1140x725

    एजेन्सी–छिमेकी मुुुुलुक ललभारतका बिहीबार ७६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। बिहीबार ७६ हजार ८ सय २६ संक्रमित थपिएका हुन्। एकै दिन धेरै संक्रमित थपिएको यो अर्को रेकर्ड हो। बुधबारमात्रै त्यहाँ ७५ हजार ९ सय ९५ संक्रमित थपिएका थिए। 

    बिहीबार महाराष्ट्रमा १४ हजार ५ सय ५७ थपिएका छन्। यहाँ कूल संक्रमितको संख्या ७ लाख ३३ हजार ५ सय ६८ पुगेको छ। उत्तर प्रदेशमा ५ हजार ३ सय ९१ संक्रमित थपिएका छन्।

    जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा संक्रमितको संख्या ३३ लाख १० हजार २ सय ३४ पुगेको छ भने ६० हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ। आजको नेपाल लाइभ .कमले छापेको छ ।

    Leave a Reply