कोरोना परिक्षणका लागि तुलसीपुरमा ३ सय ५ जनाको स्वाव नमुना संकलन

  • २२ श्रावण २०७७, बिहीबार ०८:४३ मा प्रकाशित
  • तुलसीपुरमा कोरोना भाइरस संक्रमण भए नभएको र त्यसको जोखिम मुल्यांकनका लागि मास स्वाव नमुना संकलन गरिएको छ । स्वास्थ्य कार्यालय दाङ र तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको सहयोग र ब्यवस्थापनमा विभिन्न क्षेत्रमा गइ ३ सय ५ जनाको स्वाव नमुना गरिएको थियो ।

    तुलसीपुर उपमहानगर क्षेत्रमा रहेका क्वारेन्टाइन स्थल सहित विभिन्न पेसा, कार्यालय ,होम क्वारेन्टाइन, समुदाय, विदेशवाट आई क्वारेन्टाइन बसि डिस्चार्ज भएकाका घर परिवार, अति भिडभाड हुने कार्यालय जस्तो यातायात कार्यालय, मालपोत कार्यालय, वैंक, विधुत प्राधिकरण, राजश्व कार्यालय, खानेपानी कार्यालय, होटल, किराना पसल, तरकारी पसल, नाई पसल ,फेन्सी पसल, टेम्पो चालक ,लोकल वस चालक ,यातायत व्यावसायी, पत्रकार ,संघसंस्थामा कार्यरत व्यक्ति ,जनप्रतिनिधि, स्वास्थ्यकर्मी शिक्षक ,व्यवस्थापक ,सुरक्षाकर्मी ,ट्राफिक प्रहरी, सेना सशस्त्र, कर्मचारी आदि गरि जम्मा ३ सय ५ जनाको कोरोना कोभिड परिक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

    संकलित स्वाव नमुना मध्ये राप्ति लाईफ केयर क्वारेन्टाइनवाट ३९ जनाको , मावि सेन्टर क्वारेन्टाइनबाट ४८ जनाको, समुदायका घरघरमै पुगेर ४५ जनाको र वजार क्षेत्रबाट १ सय ७३ जनाको संकलन गरिएको र उक्त मास स्वाव नमुना संकलनका लागि १८ जना स्वास्थ्यकर्मी परिचालित भएको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन बिमल के.सी. ले जानकारी दिनुभयो ।

    साथै उहाले समुदायबाट स्वाव संकलन कार्यमा स्वास्थ्य कार्यालय दाङको सहयोग रहेको र वजार तथा क्वारेन्टाइन स्थलबाट स्वाव संकलन कार्यमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको टिमले व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

    साथै उहाँले गत २ दिन देखि जनस्वास्थ्य प्रवर्द्धन शाखा र विपद व्यवस्थापन शाखाको टिमले उक्त कार्यका लागि तथ्यांक संकलन कार्य सम्पन्न गरेको बताउनुभयो ।

    यस नमुना संकलन कार्यको मुख्य उद्देश्य समुदाय तथा वजारमा कोरोनाको जोखिम मुल्यांकन तथा निराकरणका लागि भावी रणनीतिक योजना निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

    Leave a Reply