
उमेश कुशवाहा बीरगंज,साउन २१ आज पर्सामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
थप २ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भए सँगै नेपालमा कुल ६०जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साकी १८ वर्षीया महिलाको कोरोनाले मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि कोरोनाका कारण मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै बिरगंज महानगर पालिकाका प्रशासकिय अधिकृत प्रदिप कु. निरौला , बिरगंज कारागारका जेलर श्रवण पोखरेल , वडा न.४ का अध्यक्ष जगत साह कानु , त्रिजुद्ध माबी का प्र.अ. हरेन्द्र प्र. कुर्मी सहित बाराका १७ जना सहित पर्सामा थप बुधबार १३३ जनामा कोरोना संक्रमण भएको पुष्टि ।

