आज थप ३ सय ८० नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुग्यो

  • २५ श्रावण २०७७, आईतवार २०:०१ मा प्रकाशित
  • काठमाडौ, २५ साउन
    नेपालमा विगत २४ घण्टामा ३ सय ८० जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ८ हजार ५ सय १५ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ४ लाख ४३ हजार ८ सय ०४ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ३८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण २ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ७५ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४० रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ४७ जना, प्रदेश नं. २ मा ३ हजार ३ सय ३४ जना, बागमती प्रदेशमा ६ सय ०३ जना, गण्डकी प्रदेशमा १ हजार ४ सय ४९ जना, प्रदेश नं. ५ मा ४ हजार १ सय ७९ जना, कर्णाली प्रदेशमा १ हजार ८ सय ९० जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ९ सय ५१ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ६ हजार ५ सय ४४ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ५ सय ११ जना, प्रदेश नं. २ मा ३ हजार ७५ जना, बागमती प्रदेशमा १ हजार १ सय ३२ जना, गण्डकी प्रदेशमा २ सय ३७ जना, प्रदेश नं. ५ मा ४ सय ४६ जना, कर्णाली प्रदेशमा १ सय ६९ जना, र सुदुरपश्चिम प्रदेशमा ९ सय ७४ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा ५ जना, प्रदेश नं. २ मा ३२ जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ११ हजार ३८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ५ सय ०८ जना, प्रदेश नं. २ मा १ हजार ३ सय ३७ जना, बागमती प्रदेशमा ९ सय १४ जना, गण्डकी प्रदेशमा २ हजार ८ सय ४५ जना, प्रदेश नं. ५ मा १ हजार ५ सय ३२ जना, कर्णाली प्रदेशमा ५ सय ४४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ३ सय ५८ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा धनकुटा, खोटाङ, डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ९८ लाख २४ हजार ३९ रहेको छ भने सक्रिय संक्रमित संख्या ६३ लाख ६१ हजार ५ सय ८३ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख २९ हजार ९ सय १० पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड २७ लाख ३२ हजार ५ सय ४६ जना रहेको छ ।

    Leave a Reply