नारायणी अस्पताल संचलन गर्न मांग गर्दै, तोड़फोड़ तथा प्रदर्शन(फ़ोटो पिक्चरसहित)

  • २५ श्रावण २०७७, आईतवार १६:५१ मा प्रकाशित
  • उमेश कुशवाहा

    बीरगंज साउन २५ नारायणी अस्पताल संचालनको माग गर्दै नारायणी अस्पताल गेट आगाडी स्थानीयले प्रदर्शन गरेका छन ।

    जीवन दीने डक्टरको यस्तो कार्य देखेर आज मृतकका परिवार लगाएत अन्यले ‘ डाक्टर चोर वीरगंज छोड जस्तै नाराका साथ नारायणी अस्पताल घेराउ गरी प्रदर्शन गरेको स्थानीयले जनाएका छन्।

    प्रदर्शनकारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विरुद्ध चर्का नाराबाजी समेत गरेका छन ।

    बीरगंजका निजि अस्पतालहरुले विरामीको उपचार नगरेको कारण मृत्यु हुँदा समेत स्थानीय प्रशासनले कुनै कारवाही नगरेको प्रदर्शनकारीहरुले आरोप समेत लगाएका छन् ।

    प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले नारायणी अस्पतालमा तोडफोड समेत गरेका छन् ।

    प्रदर्शनकारीहरुले नारायणी अस्पताल भित्र रहेको एउटा गाडी र सेनीटाइजेसन बुथमा तोडफोड गरेका छन् ।

    बिहानदेखी अस्पताल गेट अगाडी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई ठुलो संख्यामा प्रहरी खटेर अस्पतालको गेटदेखी दक्षिण तर्फ सारेको छ ।

    वीरगंज वडा नं २ छपकैया निवासी २० वर्षिय युवतिको शुक्रवार राती दशबजेदेखी उपचारको लागि वीरगंजको नारायणीसमेत सबै निजी अस्पतालमा लगेको तर उपचार नभएरै शनिवार बिहान २ बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएपछि स्थानिय आक्रोशित भएका हुन ।

    मृतक युवतिको हिजो गरिएको पिसिआर परिक्षणबाट आज पोजेटिभ रिर्पाेट आएको छ ।

    प्रदर्शनकारीले अझै पनि विरामी उपचार अभावले ज्यान गुमाउन नपरोस भन्दै अस्पताल संचालनको माग गरेका हुन ।

    समयमा उपचार नपाएर लगातार केही दिन देखि पर्सा जिल्लामा अकालमै मृत्यु हुँदै आइरहेको छ।

    कोरोनाको बहानामा बिरामीलाई अस्पतालले भर्ना नलिदा वीरगंज वडा नं ११ श्रीपुरका चलितर महतो, वडा नं ३ का जोखु साह सोनार र वडा नं २ छपकैयाका २० वर्षीय महिला विष्णु लामा लगाएत अन्यय दुई जना गरी अहिले सम्म ५ व्यक्तिले अकालमै ज्यान गुमाइ सकेका छन।

    अहिले अस्पताललाई प्रहरीले सुरक्षा घेरामा राखेको छ ।

    Leave a Reply