आज थप ४ सय १८ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो

  • १९ श्रावण २०७७, सोमबार १७:३९ मा प्रकाशित
  • काठमाडौ, १९ साउन
    नेपालमा विगत २४ घण्टामा ४ सय १८ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ७ हजार ६ सय ३७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ९८ हजार ९ सय ०७ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४ सय ५२ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण कुनै ब्यक्तिको मृत्यु पुष्टि भएको छैन भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ५७ रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय ५८ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १४ हजार ९ सय ६१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ७५ जना, प्रदेश नं. २ मा ३ हजार १ सय ७६ जना, बागमती प्रदेशमा ५ सय ४३ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना, प्रदेश नं. ५ मा ४ हजार ६६ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार ७ सय ३२ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा २ सय ९० जना, प्रदेश नं. २ मा ३ हजार ५ सय ५७ जना, बागमती प्रदेशमा ६ सय ५१ जना, गण्डकी प्रदेशमा २ सय ७२ जना, प्रदेश नं. ५ मा ३ सय १५ जना, कर्णाली प्रदेशमा २ सय ९३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा १ जना, प्रदेश नं. २ मा २० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १० हजार ४ सय ५२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ९६ जना, प्रदेश नं. २ मा १ हजार १ सय ४४ जना, बागमती प्रदेशमा ८ सय २६ जना, गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना, प्रदेश नं. ५ मा १ हजार ३ सय ४० जना, कर्णाली प्रदेशमा ५ सय १४ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ८२ लाख ५४ हजार ६ सय ३९ रहेको छ भने सक्रिय संक्रमित संख्या ६१ लाख ०४ हजार २ सय २६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ९३ हजार १ सय ५४ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड १४ लाख ५७ हजार २ सय ५९ जना रहेको छ ।

    Leave a Reply