जङ्गली जनावरलाई थापेको करेन्टको धरापमा परेर दाजुभाइको ज्यान गयाे, बुबा गम्भीर घाइते

  • १९ श्रावण २०७७, सोमबार १४:२६ मा प्रकाशित
  • दाङ  – जङ्गली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टको धरापमा परेर दाङमा दुई बालकको ज्यान गएको छ । 

    ज्यान जानेमा घोराही उपमहानगरपालिका १ काे हर्नोकका दिलबहादुर रावतका छोराहरु १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुर रहेका छन् ।

    बारीमा लगाइएको मकै बाली खाएर हैरान बनाएपछि जङ्गली जनावरलाई लक्षित गरेर थापेको करेन्टमा परेर दुवै बालकको सोमबार बिहान ज्यान गएको हो । दुई बालकका बुवा दिलबहादुर रावत करेन्ट लागेर घाइते हुनु भएको छ ।

    जनै पूर्णिमाका दिन मकै चढाउन भनेर बारीमा मकै लिन गएका बेला दुवै बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर छोराहरु चिच्याएपछि मकै बारीमा गएका बुवा दिलबहादुरलाई पनि करेन्ट लागेकाे हाे ।  

    दिलबहादुरको अवस्था गम्भीर रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उज्यालो अनलाइन बाट ।

    Leave a Reply