हेर्नुस् बिश्वका कुन कुन देशमा अझै देखिएन कोरोनाभाइरसको संक्रमण,

  • ४ श्रावण २०७७, आईतवार १३:२३ मा प्रकाशित
  • सन् २०१९ को डिसेम्बरसम्म कोरोनाभाइरस चीनमा सिमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड–१९ वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ ।

    जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट १ करोड ४२ लाख जना संक्रमित भइसकेका छन् भने ६ लाख बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये ७९ लाख भने निको पनि भएका छन् ।

    यो भाइरस वैश्विक महामारी बनिरहँदा अझै केही देशमा भने यस भाइरसको संक्रमण देखिएको छैन या देखिएको रिपोर्ट गरिएको छैन ।

    ती देशहरुमा किरिबाती, मार्सल आइल्यान्डस, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया, पालाउ, सामोआ, सोलोमन आइल्यान्डस, टोङ्गा, तुर्कमेनिस्तान, ताभालु र भानुआतु रहेका छन् ।

    स्रोतः अलजजिरा

    Leave a Reply