
बिष्णु न्यौपाने, जेद्दा साउदी अरब
मिती १३-जुलाई-२०२० का दिन साउदी अरबको पश्चिमी क्षेत्रमा रहेको नेपाली माहाबाणिज्य दुताबास जेध्दाका माहाबाणिज्यदुत श्री रेवती रमण पौडेल र श्रम सहचारी श्री राजु कुंवरको कार्यकाल समापन संगै यहाँँ स्थित नेपाली समुदायहरुले संयुक्त रूपमा बिदाइ कार्यक्रम सम्पन्न गरेका छन्।
कोरोना माहामारिको कारण भौतिक उपस्थित जनाएर बिदाइ कार्यक्रम गर्न नसकिने भएकोले बिध्युतिय माध्यम बाट बिदाइ समारोह सम्पन्न भएको थियो। बिदाइ समारोह कार्यक्रमको सन्चालन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका कोषाध्यक्ष श्री सन्तोष लुइंटेलले गर्नुभएको थियो।
उक्त समारोहमा नेपाली माहाबाणिज्य दुताबास जेध्दाका बाणिज्यदुत श्री भुवन पौडेल, गैर आवासिय नेपाली संघ साउदी अरबका पदाधिकारी,आइसिसी सदस्य, आइसिसी महिला सदस्य,मध्यपुर्ब सहसंयोजक,सल्लाहकार, ताबुक,जिजान र जेध्दा क्षेत्रीय समितिका पदाधिकारी लगायत जेध्दा स्थित नेपाली सेवा समाज, तमुंधी, नेपाली युवा क्लब साथै बुध्दिजिबी र समाजसेविको उपस्थिती रहेको थियो।

बिदाइ समारोहमा बोल्ने क्रममा सम्पूर्ण बक्ताहरुले एकै भाबुकतामा आदरणिय रेवती सर र राजु सरलाई बिशेष धन्यवाद दिंदै यहाँँहरुको कार्यकाल अवधिभर नेपाली श्रमिकहरु प्रती उत्तरदायी बन्दै हरेक नेपालीको समस्यालाई नजीक बाट नियालेर समाधान गरेको, साउदी अरबमा फसेका थुप्रै नेपाली घरेलु महिला कामदार तथा धेरै पीडित नेपालीहरुको उध्दार गर्दै क्षतिपूर्तिको लागि पहल गरेको, ब्लडमनी जस्ता जटिल केशहरुको समाधान गरेको, साउदीका दूरदराज कुनाकुनामा पुगेर हराएका नेपालीहरुको खोजी गरेको,श्रमिक समस्या न्युनिकरण गर्नको निम्ती नेपाली समुदाय संग हातेमालो गर्दै बिभिन्न समयमा सवारी दुर्घटना न्युनिकरण र हृदयघात तथा अन्य कारणले मृत्यु हुन बाट बच्नको निम्ती स्वास्थ्य जनचेतनाका कार्यक्रम ल्याएको, मासिक मात्र नभएर आवश्यक परेको खन्डमा जुनसुकै बेला पनि श्रमिक अन्तर्कृया कार्यक्रम गर्दै दुताबासले गरेका हरेक गतिबिधिहरुको नेपाली श्रमिक तथा समुदायमा सुचनाको निरन्तर प्रवाह गरेको, प्रवासमा पनि नेपाली मौलिक संस्कृति जोगाउनको निम्ती नेपाली समुदायहरुले बिभिन्न चाडपर्बमा गरिने हरेक कार्यक्रमलाई प्रोत्साहन र सुरक्षा प्रदान गरेको जस्ता अनगिन्ती सेवाहरुलाई आफु प्रसाशक नसम्झेर साथीभाइ र एक परिवार जस्तै रहेर हरेक नेपाली श्रमिकको मनमुटुमा बस्न सफल एक कुशल, इमान्दार, कर्तब्य र निष्ठाबान श्रमिकका अभिभावक बनेर श्रमिक तथा जनमुखी सेवा दिनुभएका महान ब्यक्तित्वलाई बिदाइ गर्नु पर्दा निक्कै दु:ख लागेको जनांदै आफ्नो कार्यकाल सफल गरेकोमा सम्पूर्ण बक्ताहरुले आआफ्नै शैलिमा धन्यवाद दिंदै आभार प्रकट गर्दै यहाँँहरुको आगामी दिनहरु अझै सफल हुनुका साथै नेपालको प्रशासनिक क्षेत्रमा अझ उच्च ओहोदामा पुगेर राष्ट्रको सेवा गर्न सफल रहनको निम्ती शुभकामना ब्यक्त गरेका थिए।
बक्त्यबको क्रममा: माहाबणिज्य दुत श्री रेवती रमण पौडेल र श्रमसहचारी श्री राजु कुंवरले संयुक्त रूपमा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिंदै: दक्षता नभएका कामदारलाई दिइने न्युनतम तलब सुबिधा बढाउन पहल,दक्षता भएका कामदारहरु जस्तै डाक्टर,नर्स तथा इन्जिनियर जस्ता मेनपावर साउदीमा ल्याउनुमा पहल,घरेलु महिला कामदारको उध्दार,अवैधानिक कामदारको स्वदेश फिर्तिको निम्ती पहल,घरेलु कामदारलाई साउदीमा पठाउनको लागि रोक, श्रमिक मागपत्र प्रमाणिकरण,स्वास्थ्य जनचेतना लगायतका कार्यमा आफ्नो कार्यकाल अवधिभर सच्चा र निस्वार्थ भावनाले नेपाली श्रमिकहरुको उध्दार तथा सेवामा आफुले कुनै कसुर बांकी नराखेको र यी सबै कार्हरु सफल पार्न आफ्नो टिम र नेपाली समाजका प्रतिनिधिहरुको साथ र सहयोगले गर्दा आफ्नो कार्यकाल सन्तोषजनक रहेको भन्दै सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिंदै आभार प्रकट गर्नुभएको थियो।
अन्तमा:आफुहरु नेपाल वा अन्य जुनसुकै स्थानका प्रशासनिक क्षेत्रमा रहेर पनि साउदी अरबमा रहेका नेपाली श्रमिकहरुको हितको निम्ती यहाँँ स्थित नेपाली समुदायले उठाएका हरेक श्रमिक सम्बोधनलाई आफुले सक्दो पहल गर्ने प्रतिबध्दता समेत जनाउभएको थियो। बिदाइ कार्यक्रमको सन्चालन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका कोषाध्यक्ष श्री सन्तोष लुइंटेलले गर्नुभएको थियो।


