स्याङ्जाका एसपीसहित १८ प्रहरीमा कोरोना पुष्टि

  • १२ श्रावण २०७७, सोमबार १८:३० मा प्रकाशित
  • स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सहित १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस देखिएपछि कार्यालयभित्र रहेका सबैको कोरोना परीक्षण गरिएको थियो ।

    स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको हो । स्याङ्जाका प्रहरी प्रमुखले आफूसहित १८ जना प्रहरीमा कोरोना भाइरस देखिएको बताउनुभएकाे हाे । हो ।

    अग्रपङ्क्तिमा रहेर कोरोना रोकथामका लागि काम गरिरहेकामा कोरोना देखिनु स्वभाविक भएको प्रहरी प्रमुखको भनाइ छ । परीक्षणका क्रममा स्याङ्जाका ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षी पुरुषहरु र २६ वर्षीय महिलामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोद विन्दु शर्माले बताउनुभयो ।

    नयाँ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लामा रहेकाे आइसोलेसन र हेलुकाे आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताउनुभयो । उज्यालो अनलाइन ।

    Leave a Reply