आज थप १ सय ३९ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुग्यो

  • १२ श्रावण २०७७, सोमबार १९:२२ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, १२ साउन
    नेपालमा विगत २४ घण्टामा १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    गजेन्द्र नारायण सिंह अस्पताल राजविराज

    सप्तरीका २१ जना

    सिरहाका १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर

    धनुषा १० जना

    महोत्तरीका १० जना

     नारायणी अस्पताल वीरगञ्ज

    पर्साका १८ जना

    धुलिखेल अस्पताल प्रयोगशाला

    काभ्रेका १ जना

    पाटन अस्पताल ललितपुर

    ललितपुरका ३ जना

    पर्साका २ जना

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

    काठमाडौंका १ जना

    स्टार अस्पताल सानेपा ललितपुर

    काठमाडौंका २ जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

    कास्कीका ३ जना

    भेरी अस्पताल नेपालगञ्ज प्रयोगशाला

    बाँकेका १ जना

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल

    रुपन्देहीका १ जना

    सुर्खेत प्रादेशिक अस्पताल

    सुर्खेतका १ जना

    दैलेख आरटी पिसिआर प्रयोगशाला

    दैलेखका २८ जना

    चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला

    सल्यानका २ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला

    बैतडीका ४ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ४ हजार ८ सय १८ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३ सय ७१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण ३ जना ब्यक्तिको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४८ रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ सय २६ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ८९ जना, प्रदेश नं. २ मा २ हजार ९ सय ७२ जना, बागमती प्रदेशमा ५ सय १७ जना, गण्डकी प्रदेशमा १ हजार २ सय ०४ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय १० जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ८ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ७ सय ५४ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ४ हजार ९ सय ५० रर्हेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा १ सय ९५ जना, प्रदेश नं. २ मा १ हजार ९ सय ११ जना, बागमती प्रदेशमा ४ सय २ जना, गण्डकी प्रदेशमा २ सय ४४ जना, प्रदेश नं. ५ मा ३ सय ५३ जना, कर्णाली प्रदेशमा ३ सय ७५ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा १३ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १६ हजार ३ सय ७१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ८ सय ९९ जना, प्रदेश नं. २ मा २ हजार १ सय ८० जना, बागमती प्रदेशमा १ हजार २ सय ५ जना, गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना, प्रदेश नं. ५ मा २ हजार ३ सय ४ जना, कर्णाली प्रदेशमा ८ सय ६३ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा, पाँचथर र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,६४,३०,५६६ रहेको छ भने सक्रिय संक्रमित संख्या ५७,२१,८४४ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,५२,४३४ पुगेको छ । निको भई घर फर्कनेको संख्या १,००,५६,२८८ जना रहेको छ ।

    Leave a Reply