
उमेश कुुशवाहा बीरगंज,साउन,६ लगतार अबिरल वर्षाले गर्दा बीरगंज महानगरपालिका लगायत पर्सा र बाराको जिल्लाका बिभिन्न स्थानीयतह डुबानमा परेको छ ।
शनिबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण वीरगन्जको जनजीवन प्रभावित बनेको छ। वीरगन्जको मुख्य सडकसँग जोडिएका जिल्ला प्रशासन कार्यालय जाने बाटो रानीघाट, सिसिया, आर्दशनगर, बाइपास इर्नावा,स्थानिय तहलगायत स्थानमा डुबानमा परेका छन्।
डुबानका कारण सावारी साधन आवातजावत गर्ने समस्या भएको स्थानीयले बताएका छन् ।
बर्षाले हिलाम्मे भएको सवारी चलाउन र पानी जमेकाले हिडडुल गर्ने समस्या भएको स्थानीयहरुले बताए । वर्षा नरोकिएपछि अहिले कृषकहरूले लगाएको धानबालीलाई पनि क्षति पुग्न थालेको कृषकहरूले बताएका छन् ।
यो वर्ष समयमा र धेरै बर्षा भएको उनिहरुले बताए । विपद ब्यवस्थापन समितिले डुबानमा परेका स्थानीयलाई राहत क्षेतिपुर्ति दिने भनेर समिति गठन गरिएको भए पनि त्यो समितिले अहिले सम्म कुन कुन ठाउँमा क्षति भएको छ भन्ने बिवरण सँकलन भईरहेको सुचना अधिकारी ललितकुमार बस्नेत बताउनु हुन्छ । डुबानमा परेका ब्यक्तिहरुलाई तुरुन्त स्थान्तर गर्नेु पर्ने र तत्काल राहतको ब्यवस्थापन गर्नेु पर्ने हुन्छ तर त्यसो अहिले नभएको स्थानीयहरु बताउछन् ।
केही दिनयता जारी वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या छ । मौसम विज्ञान विभागका अनुसार तीन दिनयता गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ मा भारी वर्षा मापन भएको छ । वर्षासँगै खोला तथा नदीमा आउने बाढीका कारण सम्भावित जोखिममा परेका बासिन्दाहरुलाई मौसम विज्ञान विभागले एसएमएस र सामाजिक सन्जालमार्फत् पूर्वसूचना जारी गर्दै आएको छ ।
हालसम्म जोखिम क्षेत्रका बासिन्दालाई ५० लाख १७ हजारभन्दा धेरै एसएमएस पठाएर सतर्क रहन भनिसकिएको विभागका महानिर्देशक वैद्यले जानकारी दिए ।













