वसन्त अनुभव

चौघेरा, दाङ, ५ साउन
श्री गाेरक्ष पात्रदेव सिद्वरत्ननाथ मठ चाैघेराका पूर्व पीर मठाधिश याेगी देवनाथ महाराज मठको सहायक महानुभाव (महन्त) पदमा नियुक्त हुनुभएको छ । मठका वर्तमान पीर मठाधीश याेगी सन्ताेषनाथले योगी देवनाथलाई मठकाे रिक्त महन्त पदमा नियुक्त गर्नुभएको थियो ।
रिक्त महन्त पदमा नियुक्तिका सम्बन्धमा मठका पीर मठाधिश याेगी सन्ताेषनाथ तथा भेष बार्हपन्थ नाथयाेगीहरुकाे संयुक्त भेलाले उक्त महत्वपूर्ण निर्णय गरेकाे हाे ।
उक्त भेलामा मठका महानुभाव याेगी सुरतनाथ, सचिब हिरानाथ याेगी, वरिष्ठ जेष्ठ महाराज याेगी भिमनाथ, संचालक समितिका सदस्य डा. भाेलानाथ याेगी, बलदेव याेगी लगायतका व्यक्तिहरुकाे समेत उपस्थिति रहेको थियाे ।

महन्त पदमा नवनियुक्त योगी देवराज आजभन्दा डेढ वर्ष अगाडि चौघेरा मठमा आई पीर मठाधिशकाे रुपमा रहि कामकाज गर्नुभएको थियो ।
मठाधिशका रुपमा रहदा उहाँले त्यहाँका जनमानसमा राम्रो प्रभाव पार्न सफल हुनुभएको थियो । उहाँका हरेक क्रियाकलापले समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको उपस्थित महानुभावहरुको धारणा रहेको छ ।
अर्घाखाँची जिल्लामा जन्मेर राष्ट्र गुरु नरहरिनाथकाे आदर्शलाई शिरोधार्य गर्दै जनकल्याणमा लाग्नु भएका योगी देवनाथले आफू याेगी नरहरिनाथकाे जिवनी र योगदानबाट प्रभावित भएको बताउनु भयो ।
विश्वलाई नै आफ्नाे परिवारकाे रुपमा मान्ने गुरु गाेरखनाथकाे शिक्षाका कारण नै आफु नाथ सम्प्रदायमा आएकाे उहाँले बताउनु भयो ।


