बीरगंजका प्रमुख बिजय सरावगीपनि कोरोनोको चपेटामा,कोरोना संक्रमण पुस्टि,बिरगंजका नागरबासीलाई दिए भावुक सन्देश

  • १६ श्रावण २०७७, शुक्रबार ००:५४ मा प्रकाशित
  • उमेश कुशवाहा ,बीरगंज साउन १५ बीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    नगरप्रमुख विजय कुमार सरावागुले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् ।

    उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

    काम बिशेषले काठमाण्डौ जानु भएका महानगर प्रमुखलाई बाटोमा हल्का ज्वारो र घाँटीमा समस्या देखिएको थियो ।

    प्रमुख सरावगीले हिजो १४ गते काठमाण्डौमा स्वाब परिक्षणकोलागि दिनु भएको थियो । आज आएको रिपोर्ट अनुसार उहाँमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    आफू नै कोरोनाको संक्रमणमा परेर आइसोलेसनमा बस्नु परे पछि आफनो सामाजिक संजाल मार्फत बीरगंज नगरवासीलाई भावुक सन्देश प्रवाह गर्नु भएको छ ।

    महानगर प्रमुख सरावगीको सन्देश यस्तो रहेकोछ ।

    आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।

    विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे । संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जिवन रक्षाको लागि अथक प्रयत्न गरे ।

    वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरे । क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाए । वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ ।

    तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु । मेरो काठमाडौको एक अस्पतालमा उपचार भैरहेकोछ ।

    पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु । अव स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु ।

    साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी वहिनीमा अपिल गर्दछु कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।

    Leave a Reply