डिग्नीटी फोरम अष्ट्रेलियाका अध्यक्ष डा. मोम विश्वकर्मा बाट कोरोना भाईरस प्रभावित लागि राहत वितरण

  • १६ श्रावण २०७७, शुक्रबार ०१:०५ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज साउन १५ पर्सा जिल्लाको बिरगंजमहानगरपालिका वडा-१९ , बिन्दबासनी केहुनियामा डिग्नीटी फोरम अष्ट्रेलियाका अध्यक्ष डा. मोम विश्वकर्माको आर्थिक सहयोग र दलित अधिकार समाज पर्सा नेपाल ,पिसफोर दलितस फाउन्डेसन नेपालको सहजीकरणमा राहत खाद्यान्न वितरण गरिएको छ।

    कोरोना भाईरसबाट बच्नको लागि विश्व तथा नेपाल भरी लकडाउनको अवस्था रहेकोे थियोे । लकडाउनको कारणले दलित , गरिब तथा मजदुरहरु बढी प्रभावित रहेको छ्न।
    अहिले लकडाउन खुलेपनी अवस्था सामान्य रहेकोे छ्न। कामधामको समस्या नै रहेकोे छ।

    नेपाल सरकारले लकडाउन खोलेको छ तर पर्सा जिल्लामा कोरोनको महामारी बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लागू गरेको छ। कोरोना भाईरसको कारणले लकडाउनले दलित समुदायलाई खाद्यान्नको समस्या रहेकोे थियोे र त्यो समस्या अहिले पनि रहेकोे छ, धेरै जना दलितको घरपरिवारमा खानाको समस्या छ।
    पर्सा जिल्लाको सदरमुकामको नजिक रहेकोे यो गाउँको दलित , मजदुर तथा श्रमिकलाई झन आर्थिक समस्या रहेकोे छ।

    २५ वटा दलित घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको ११केजि चामल , १ केजि नुन , १.५ केजी आलु, १ केजी दाल , १ लिटर खाने तेल वितरण गरिएको छ।

    उहाँहरुको घरमा रहेको खाद्यान्नको समस्या केही दिनको लागि राहत भएको छ। पर्सा जिल्लामा अहिले पनि कोरोना भाईरसको कारणले कर्फ्यु लागू रहेकोे छ।

    यस कार्यक्रम पिसफोर दलितस फाउन्डेसन नेपाल र दलित अधिकार समाज पर्सा नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युको सहजीकरण , सदस्य अशोक राम , बिरगंजमहानगरपालिकाको संयोजक दिपेन्द्र कुमार राम, दलित अगुवाहरुको उपस्थिति रहेकोे थियोे ।

    पिसफोर दलितस फाउन्डेसन नेपाल र दलित अधिकार समाज पर्सा,नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम जनकारी गराउनु भएको छन

    Leave a Reply