
उमेश कुशवाहा,बीरगंज असार १३ कोरोनो कहर :पर्सागढ़ीमा पाँच जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको समाचार रहेको छ।
पर्साको पर्सागढी नगरपालिकास्थित जनता माबि बढनिहारको क्वारेन्टिनमा रहका पाँच जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २३ र २८ वर्षीय दुई जना महिला स्वास्थ्यकर्मी तथा ३७, ४२ र ४५ वर्षीय ३ जना पुरूष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याब स्रोतले जनाएको छ ।
त्यसैगरी बढनिहार क्वारेन्टिनमा बस्दै आएका पर्सागढी ३ का ३५ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
केही दिन अघि मात्र पर्सागढीका एक जना स्वास्थ्यकर्मीमा कारोना पुष्टि भएको थियो। यो संगै पर्सागढीमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकामा कोरोना संक्रमण बढसंगै स्वाव संकलन बढाउदै पुन लकडाउन लगाउन स्थानीयले माग गरेका छन् ।
केहि दिन यतादेखी लक्ष्णसहित बिरगंजमा संक्रमित भेट्न थालेपछि बिरगंजमा अनिशिचतकाल सम्मको लागि निषेधज्ञया जारी गरी एक घर एक परीक्षण चालु गरिएको छ।

