कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक ए ग्रेडमा

  • १२ श्रावण २०७७, सोमबार २३:२६ मा प्रकाशित
  • सुशील सुबेदी
    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा ए ग्रेडमा पर्न सफल भएको छ ।गृह मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो ।

    गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबिच आर्थिक वर्ष ०७६र७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो । ६ मुख्य क्षेत्रलाई आधार मानेर एक सय भन्दा बढी विषय मापनबाट हुने यो मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट भित्र पर्न सफल भएको हो । अघिल्लो वर्षको मूल्यांकनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो ।

    आर्थिक वर्ष २०७६,७७ मा सचिव र प्रमुृख जिल्ला अधिकारी बीचको कार्यसम्पादन का साथै जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्यांकनको आधार हो । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुसासन र सेवा प्रवाह, सामुहिक सुधारको वातावरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण र सदाचार र आचरणका क्षेत्रमा भएका कार्यसम्पादन मूल्यांकन गरि ग्रेड छुट्टाइन्छ ।

    जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ए मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

    Leave a Reply