सोलुखुम्बुमा २९ लाखको चेक र १४ लाख नगदसहित ४ जना जुवाडे पक्राउ

  • १४ श्रावण २०७७, बुधबार ०९:१० मा प्रकाशित
  • सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट १४ लाख नगदसहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

    सोताङ गाउँपालिका वडा नम्बर ५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेका ४ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेकसमेत बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ । उज्यालो अनलाइन खबर बाट।

    Leave a Reply