
२६ असार । बर्षायाम सुरु भएसँगै सप्तकोशी नदीमा शुक्रबार बिहानबाट पानीको बहाव उच्च खतराको अबस्था पार गरेकोले सप्तकोसीको ब्यारेजको ३८ ढोका खोलिएको छ ।
पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजमा पानीको बहाव २ लाख ५६ हजार ६ सय १५ क्युसेक प्रति सेकेन्डका दरले बहिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले मिडियालाई जानकारी दिए ।
खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको खडकाले बताए ।
सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिम तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएकोथियो ।
कोसीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको नगरप्रमुख शैलेशकुमार साहले बताए ।
बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट धेरै जनधनको क्षति भइरहेको छ । विभिन्न स्थानहरु उच्च जोखिममा छन् । समाचार श्रोत नेपाल टाइमस ।

