
सुरक्षाको नीग्रानीलाई अझ कडाइ बनाउदै गोरखा नगरपालिकामा थप ३१ वटा सिसी क्यामेरा जडान गरिएको छ ।
गोर्खा नगरपालिकाभित्र पर्ने बजार क्षेत्रलाई लक्षित गरी उक्त क्यामेरा जडान गरिएको सामुदायिक सेवा केन्द्र गोरखाले जनाएको छ । गोर्खा नगरपालिका वडा नम्वर १३ को अंवुवा बजार, वडा नम्वर १२ को अंवुवा र वडा नम्वर ११ को बाह्रकिलो, वडा नम्बर ५, देखि ८ को बजार क्षेत्रमा पनि क्यामेरा जडान गरिएको छ ।
थप गरिएका क्यामेराबाट अवुवा, बाह्रकिलो, खोलखोले, चाइनिजधारा, पेट्रोल पम्प, पुरानो बसपार्क, नयाँ बजार, विपिचोक, धारापानी, रोहोटेपानी, ठुलो आँगन, तिनधारे, पाटेचौर, गोरखा अस्पताल, घ्याम्पेसाल बसपार्क लगायत क्षेत्रको निगरानी गर्न सकिने छ । ‘पहिलो चरणमा ३७ वटा क्यामेरा जोडिएका र अहिले दोस्रो चरणमा ३१ वटा क्यामेरा थप गरिएको हो।’
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सिसि क्यामेरा जडान गरिएको हो । उक्त क्यामेराको निगरानी प्रहरीले गर्ने गरी वुधवार योजना प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच सामुदायिक सेवा केन्द्रले नगरपालिकालाई र नगरपालिकाले प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो । सिसी क्यामेरा जडान भएसँगै जिल्लामा हुने अपराधिक क्रियाकलाप न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

