रंजित चौरसिया,बारा १५ साउन।
कलैया उपमहानगरपालिका वडा नं. १६ वडा विकास सुधार समितिले ११ बुंदे माग सहित विभिन्न नियकाहरुमा ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष अनिल कुशवाहाको नेतृत्वमा रहेको एक टोलीले जिल्ला प्रशासन कार्यालय बारा, कलैया उपमहानगरपालिकाको कार्यालय र वडाको कार्यालय कलैया उ.म.न.पा १६मा ज्ञापनपत्र बुझाएको छ ।
बारा जिल्लाको कलैया उप महानगरपालिकाको वडा नं. १६ को वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएका तीन वर्षको कार्यकाल बितिसक्दा पनि मुस्कीलले ३ दिन पनि वडा कार्यालयमा पूरा समय उपस्थित भई राज्य सरकारले लिएको लक्ष्य तथा आफूले चुनावएताका जनतासमक्ष गरेको वाचा अनुरुपका कामहरु नगरेकोमा वडा विकास सुधार समितिको गम्भीर ध्यानाकार्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने वडाध्यक्षले सेवाग्रहीलाई मार्कामा परेको स्थानियहरुले गुनासो गरेका छन् ।
कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिश, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्ने जस्ता कामले जन गुनासाहरू बढ्दै गएको जनाईएको छ ।
ज्ञापनपत्रमा जनप्रतिनिधि वडामा अनुपस्थित रहने गरेको, वडाबाट हुने गरेको विकास सम्बन्धी सम्पुर्ण कृयाकलाप पारदर्शी नदेखिएको, वडामा रहेको स्वास्थय निकायबाट सेवा ग्राहिहरु बञ्चित हुने गरेको, यस वडामा रहेका शैक्षिक संस्थाहरुको अनुगमन नभएको हुदाँ गुणस्तरीय शिक्षा नभएको, कृषि सम्बन्धी कुनै योजनाहरु हाल सम्म सर्वजनिक नभएको, वडा न. १६ मा नगर स्तरिय बजेटबाट गरेको योजनाहरु सर्वजनिक नभएको, प्रदेश स्तरिय योजनाहरु सर्वजनिक गर्न नचाहेको, केन्द्र स्तरिय योजनाहरु सर्वजनिक नभएको नगरेको, परिषदबाट स्विकृत योजनाहरु वडा कार्यालयमा नभएको र राख्न समेत नचाहेको, बेरोजगार व्यक्ति वारेको विवरण सर्वजनिक नगरेको र गर्न नचाहेको, विगतमा घोषणा भएको ओ.डि.एफ.लाई निरन्त्रता दिन खासै योजना नबनाएको तथा गर्न समेत नचाहेको समेत उल्लेख गरिएको छ ।
यी माथि उल्लेखित हाम्रा मागहरुलाई वडा अध्यक्ष लगाएत सम्बन्धीत निकायले यथाशिध्र कार्यान्ववन नगरे आउँदा दिनमा वडा कार्यालय र सम्बन्धीत निकाय समेतलाई गर्न गराउन यसै ज्ञापनपत्र साथ अनुरोध गरिन्छ । साथै आउने दिनमा वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु सुचारु नभएमा वडा विकास सुधार समिति कडा आन्दोलनमा जाने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउनेहरुमा विनोद कुमार यादव, कलामोदिन अंसारी, जितेन्द्र कुमार यादव, धनेश्वर कुमार राम, राजकिशोर कुशवाहा, ज्ञान प्रकाश ठाकुर, चन्दन राम, पवन कुमार कुशवाहा, प्रवेश कुमार कुशवाहा, बृजकिशोर ठाकुर, अजय कुमार राम, रविरन्जन कुमार राम, रविन्द्र कुमार राम, अरविन्द कुमार राम, जेनिश मेहरा, हरिओम कुशवाहा, बैजनाथ राम लगायतको सहभागीता रहेको थियो ।



Yaslai wada sudhar samiti haina party bachau sangharsh samiti bhaninxa, sudhar samiti tyahi mag rakheka xan jun uniharuko through garna lagaiyeko xa, tol sudharna lai samiti baneko vaye sudhar ka nimit kehi yojana haru dekhaera gyapan payra bujhaunu parthyo…
Well played for upcoming election. ..😂😂😂😂