वसन्त अनुभव

घोराही, आषाढ २१ गते
गुरुपुर्णिमाको अवसर पारेर पतञ्जलि याेग समिति, घाेराही नगर समितिले आइतबार एक कार्यक्रमको आयोजना गरेर गुरुपुर्णिमा मनाएकाे छ।
कार्यक्रम पतञ्जलि याेग समिति, घाेराही नगर समितिका अध्यक्ष तोयनाथ योगीको अध्यक्षता एवं गाेरक्ष पात्रदेवता सिद्दरत्ननाथ मठका पूर्व पीर मठाधीश याेगी देवनाथ जी महाराजको प्रमुख आतिथ्यतामा सप्पन्न भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै पुर्व मठाधिश योगी देवनाथले सवै महिनामा पूर्णिमा पर्दछन् सबैकाे आ-आफ्नै महत्व रहेकाे हुन्छ । तर त्यसमा पनि आषाढ शुक्ल पक्षमा पर्ने गुरु पूर्णिमाकाे अझै महत्व रहेकाे बताउनु भयाे ।

उहाँले गुरु अरुले बनाएर मात्रै बन्न सकिने मात्र नभई आफुमा गुरुत्वकाे भावना विकास गर्न आवश्यक रहेकाे बताउनु भयाे। गुरु भनेका जीवनकाे उकाली, ओराली सुख-दु:ख आराेह अवराेह कुनैपनि वाहिरि कुराले प्रभावित हुने नभै जीवनमा कसरी मनमा चल्ने भावनालाई ,चित्तका वृत्ति लाई वुझेर जीवन सार्थक वनाउने भन्ने कला सिकाउने नै असलि गुरु हुने बताउनुभयो ।
आफुलाई आजीवन विद्यार्थी, आजीवन सिकारु, आजीवन पदयात्रीकाे रुपमा लिनुहुने राष्ट्रगुरु नरहरिनाथले कहिल्यै पनि आफुलाई गुरु मान्नु भएन । सवैले मलाई मान्नुपर्छ भन्ने भावना कहिल्यै लिनुभएन भने हामीले त के नै जानेका छाै र? के नै साधना छ र ? भनेर उहाँले सबैलाई भावुक वनाउनु भयाे । सबैले याेगकाे माध्ययमबाट नै आफुलाई चिनेर अगाडि बढ्न र ध्यान गर्न आवस्यक रहेकाे उहाँले बताउनु भयाे ।
उक्त अवसरमा पुर्व पिर मठाधिस योगि देवनाथ जि महाराजलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

ज्ञानेन्द्र गाैतमकाे स्वागत मन्तब्य सँगै सुरु गरिएकाे उक्त कार्यक्रममा युवराज आचार्य, भुपेन्द्र अधिकारी, याेग गुरु एवं पतञ्जलि योग समिति ५ नंम्वर प्रभारी प्रेम शाह लगायतका महानुभावले गुरुकाे महिमा वारे चर्चा गर्नु भएकाे थियाे । कार्यक्रममा गाेरखनाथ वैदिकका गुरुकुलका अध्यक्ष प्रकाश भट्टराई , प्राचार्य संताेषी सुवेदी लगायतका व्यक्तित्वको सहभागिता रहेकाे थियाे ।
कार्यक्रमकाे सुरुवातमा गाेरखनाथ वैदिक गुरुकुलका वटुक तथा कन्याहरुले विश्व शान्ति एवं विश्व कल्याणका लागि स्वस्ति वाचन गरेका थिए भने कार्यक्रमको सन्चालन निमानन्द रिजालले गर्नुभएकाे थियो ।


