भारतले सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ: प्रधानमन्त्री ओली

  • २९ असार २०७७, सोमबार २०:५८ मा प्रकाशित
  • , २९ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आराेप लगाएका छन् ।

    भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादीत अयोध्या खडा गरेको बताए ।

    प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरे । त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनले बताए ।

    प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो सृंखलाले निरन्तरता पाउन नसकेको बताए । साझापोस्ट बाट।

    Leave a Reply