बीरगंज भयावह भन्दै, जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कोरोना उपचारको क्रममा मृत्यु।

  • १६ श्रावण २०७७, शुक्रबार ११:३० मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज साउन १६: एक घर एक परीक्षणको अभियान शुरू भए पछि केहि दिन यता देखी बीरगंजमा कोरोना दिन प्रति दिन बढ्दै गईरहेको छ, कोरोनाको चपेटामा परेको छ, बीरगंज भयावह भन्दै गईरहेको छ।

    भारत घरभई जगदम्बा इन्टरप्राइजेजका ५६ बर्षीय प्रमुख कार्यकारी अधिकृत, सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति साढे ११ बजे मृत्यु भएको हो।

    बीरगंजमा बिहीबार कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सीईओ सहित थप ३ जनाको मृत्यु भएको छ ।

    कोरोना अस्पतालका इन्चार्ज डा निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

    Leave a Reply