वीरगञ्जको मुर्लिचोक देखी घण्टाघर सम्मको नाला सरसफाईलाई निरन्तरता दिदै भारतिय महावाणिज्य दुतावास सम्मको नाला सरसफाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख गंगा पन्तको अगुवाईमा ट्राफिक प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिकाको सहयोग र विभिन्न संघ संस्थाको सयुक्त पहल तथा विभिन्न अभियन्ता , समाजसेवी, बुद्धिजिबीहरुको सहयोगमा सुरक्षित तथा सफा सुन्दर व्यवस्थित बिरगंज बनाउने अभियानलाई सफल पार्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो कार्य हुँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहार समेत फेरीनेमा बिरगंजवासी तथा संघ संस्था बुद्धिजिबी ब्यक्तिहरुको भनाइ रहेको छ।
बी.म.न.पा. वडा नं. ११ मुर्लीचौकमा रहेको नेपाल टेलिकम अगाडिको कर्बट बाट पानीको बहाव कम भएको हुदा तेस कर्वट लाई भतकाइयो र पुनः होम पाइप राखेर नाला किरियल गरिएको छ र लाल बंगलासम्म जाम रहेको नाला सरसफाई पनि हुँदै आएको छ ,अकलेश साहले जानकारी दिनु भएको छन।


