साउदी अरब नेपाली दूतावास रियादद्वारा उद्दार कार्य जारि ।
संवाददाता

१७ जुलाइ २०२० ! साउदी अरबको रियादको किङ खालिद अन्तराष्ट्रिय विमानस्थलमा २५० जना नेपाली यात्रु अलपत्र परेका छन् । रियाद बाट उडान भर्ने नेपाल एयरलाइन्सको चार्टर विमान निर्धारित समयमा साउदी न आएपछि उनीहरु एयर्पोटमा अलपत्र परेका छन् ।
रियादबाट बिहीवार राती २:३० बजे उडान गर्ने तालिका भए पनि नेपाल एयरलाइन्सको विमान समयमा नआउँदा र समयमा उडान आउने वा नआउने कुनै खबर नदिदा यात्रुहरू अल्पत्र परेका छन् ।
अलपत्र यात्रुहरू बेलुकी देखि भोकै भुइँमा लडिरहेका, कतिपय यात्रुहरु ट्याक्सी लिएर रूम फर्कन नसक्ने, कतिले क्याम्प बाट बिदा लिएको ले पुनः जान नपाउने, कतिपय रियाद क्षेत्र भन्दा टाढा टाढा माजमा, अल कसिम, धुर्मा देखि आएकाले जान असम्भव हुँदा अझ बढी पीडित भएका छन् ।

उडानका लागि बिहिवार बेलुकीको ८ बजेनै बिमानस्थल पुगेका यात्रुहरु अलपत्र परेपछी दूतावास रियादका प्रतिनिधिहरुले रातभरि नसुतिकन पिडितहरुको उद्दारमा लागेको र गाडी खोजेर यात्रुहरुलाइ रियाद क्षेत्रमा लैजाने क्रम जारी रहेको र नास्ता पानी प्रदान गर्दै गरेको कुरा पीडित यात्रुहरुले जानकारी दिएका छन् ।
अहिले सम्म नेपाल बाट फ्लाईट नउडेको कारण २,४ घण्टाको लागि भएपनि अब सबैलाई होटल तिर राख्न समन्वय हुने कुरा दूतावास रियादका उप नियोग दिलीप पौडेलले जानकारी दिनु भएको छ ।
नेपाल एयरलाइन्सको उडान केही प्राबिधिक कारण बस उडान नभएको कुरा जानकारिमा आएको र आजै उडान आउने पनि जानकारी छ ।

