साउदीमा ७४ जना अवैधानिक नेपालीले पाए आम माफी, नामावली सहित:

  • ७ असार २०७७, आईतवार २३:४२ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | नेपाली दुताबास रियादका अनुसार दूतावासले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहेर पनि जान नसकेका नेपाली श्रमिकहरूलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिषा (Exit Visa) सहज र शिघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीषा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ । वहिर्गमन भीषाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया क्रमशः शुरु भैरहेको छ ।

    दुताबासले भनेको छ “उक्त प्रकृयाको थालनी स्वरुप साउदी सरकारले हालसम्म ७४ जना नेपालीहरुलाई बहिर्गमन भीषा जारी गरेको छ । यसरी भीसा लागेकाहरु भीषा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ ।” स्वदेश फर्कने उडान र मिति आदिका बारेमा दुताबासले छिट्टै सम्बन्धित सबैलाई जानकारी गराइने भएको छ ।

    दुताबासले जारी गरेको सुचानामा बहिर्गमन भीषाका लागि आवेदन दिएका र दिन बाँकी रहेकाहरुका लागि समय समयमा सूचना जारी गरी जानकारी गराइने भएकोले धैर्य गरी बस्न अनुरोध गरेको छ।
    दुताबासको सुचना र वहिर्गमन भिषा प्राप्त गरेका नेपाली श्रमिकहरूको नामावली पूर्ण पाठ:

    Leave a Reply