
उमेश कुशवाहा ,बीरगंज
स्थानीयतहको दोश्रो चरणको चुनाव भएको लगभग तीन बर्ष बीती सक्दा पनि गाउँ गाउँमा सिंह सिंहदरबार भन्ने राजनीतिक पार्टी हरुको नारा अझै सम्म यथार्थमा भने परिनित हुन सकेको छैन।
स्थानीय मतदाता हरुको मनमा पनि बिभिन्न प्रश्नहरु उत्तपन हुन थालेका छन् ।
चुनाबको समयमा राजनीतिक पार्टीहरु द्वारा गरिएका अनेकौ नाराहरु आजभोली फगत मिथ्या साबित भएको स्थानीए जनता को बुझाई रहेको छ !

चुनावको बेला भोट माँग्न आउदा चुनावपछि संविधान जारि भए लगतै सिंह दरबार घर-घरमा नै आउँछ भनि ठुला ठुला भाषण दिने। अनि जनताको प्रतिनिधि भय पश्चात सिंह दरबार किन आएन सरकार ? भनि प्रश्न गर्नु पनि स्वभाभिक नै देखिन्छ !
अधिकांस स्थानीय निकायहरुमा रकमको खासै सदुपयोग हुन सकेको पाइदैन। योजना तथा कार्यक्रमहरु दिगो, गुणस्तरीय र आय आर्जन सिर्जना गर्ने, गरिवी निवारणमा सहयोग गर्ने खालका एवं उत्पादानमूखी हुन सकेका थिएनन्। हरेक वर्ष तर्जुमा गरिने योजना तथा कार्यक्रम बाटोघाटो मर्मत गर्ने, पोखरी बनाउने, मन्दीर बनाउने, चौतारा बनाउने, स्कूलका फिल्ड बनाउने, तारवार गर्ने लगायतकै रहेको केहि पाइयो । स्थानीय निकायका जनताको जीवन स्तरमा सुधार गर्ने, सीप अभिवृद्धि गर्ने, उत्पादनमूलक दिगो र गुणस्तरीय, आयोजना तथा बाटो जस्तो बनाउने कार्यक्रमको अभावनै रह्यो।

पर्सा जिल्लको १४ स्थानीय तहमध्ये बहुदरमाई नगरपालिका वाड ७ छपकैया टोललाई पनि यसैमध्य एउटा जल्दो बल्दो उधाहरन को रुपमा लिन सकिन्छ
जून २ बर्षदेखी सुरु भएको बाटो आज सम्म पनि सम्पन्न हुनुत कहाँ हो कहाँ अझ ढलमा परिनित भएको हेर्न सकिन्छ !
सवारी साधनको कुरा त छौडो, पैदल पनि हिडन सक्ने अवस्था छैन। बहुदरमाई ७ को मुख्य सड़कको रुपमा रहेको सड़क खण्डको बाटो ढ़लान नहुँदा त्यस टोलका दैनिक यातायात थप हुनुको साथै आकस्मिक सेवाबाट पनि बंचित भएका छन।
समयक्रमको परिवर्तनसँगै प्रजातन्त्रको सट्टा लोकतन्त्र विकेन्द्रीकरणको बदला स्वायत्तता र स्वशासन एवं संघीयता जनसहभागिताको सट्टा समानुपातिक समावेसिता र स्थानीय निकायको सट्टा स्थानीय तह नामाकरण गरियो। नेपालको संविधान जारी भई स्थानीय तहको पुनसंरचना भयो, निर्वाचित जनप्रतिनिधिहरुको व्यवस्था गरियो, स्थानीय तहलाई अधिकार सम्पन्न बनाईयो। यसर्थ अव पहिलाको परिस्थिति भन्दा भिन्दै प्रकारका योजना र कार्यक्रमहरु बन्ने छन्, नयाँ नयाँ योजना र कार्यक्रमहरु आउने छन् भनी जनताको आकांक्षा थियो तर विडम्वना त्यो अनुरुप हुन सकेको देखिएन।
बाटो अवरुद्धहुदा वडा अध्यक्ष ,नगरपालिका प्रमुख,जनप्रतिनिधि वा अन्य राजनितिक नेताको ध्यान सम्म पुगेको छैन। ध्यान नपुग्नुको कारण के होला ?
दीनहू आउने जाने वडा कार्यालय पुग्न २मिनेटको बाटो ५ मिनेट धधाउनु परीरहेको छ ।

जून पनि स्थानीय तहमा उही वनिरहेका पोखरी मर्मत गर्ने, उही बाटो निर्माण र मर्मत गर्ने, नाला बनाउने, नाला मर्मत गर्ने, खानेपानी मर्मत, मन्दीर निर्माण र मर्मत गर्ने, सिढी बनाउने लयायतका यस्तै प्रकारका योजना कार्यक्रम जसमा रकमको दुरुपयोग हुने र राजनीतिक दलले आफ्ना कार्यकर्ताहरुको पालन पोषण गर्ने खालका योजना कार्यक्रमहरु बनेको पाईन्छ। जन- गुनासो पनि रहेको पाइन्छ। बिभिन्न संचार मध्यमा समाचार संप्रेषण पनि भएको छ।
बाटो समस्याले छपकैया टोलका जनताले कृषि गर्ने समयमा घरबाट निस्कन पनि हीचकीच मानी रहेका छन। जस्तसो गरेर आफ्नो काम गरिरहेका छन।
खेती योग्य सवारी साधन त्यों बाटोबाट लेजान साहूहरु मानी रहेको छैन। किसान हरु चिन्तित देखिएका छन।
पात्र पदलिए प्रवृति वदलिएन, परिस्थिति वदलियो मनस्थिति वदलिएन। शब्दमात्र फेरियो शोंच, शैली र तरीका उही रहयो। जसले गर्दा जनताको दिगो विकास र समृद्धिको आकांक्षामा आघात पुग्ने र वितृष्णा पैदा हुने अवस्था आउन सक्छ।
जून अहिलेको नभई नहुने आवश्कता छ बाटो निर्माण त्यों ढलान हुन सकेको छैन। तर ५०लाख को बजेटमा बहुदारमाई नगरपालिका वार्ड नं २बैरियामा स्वागतद्वार बनिरहेको छ। बैरिया गाउमा प्रबेश गर्ने बित्तिकै एकै ठाउँमा लगभग १० मीटरको दुरिमा २ वटा स्वागतद्वार निर्माण भैरहेको छ।
कति दुर्भाग्यको कुरा छ नगरपालिका को आफ्नो भवन छैन । एउटा नगरपालिका र अर्को स्थानीय पूर्वाधार विकाश साझेदारी संसदीय कोषबाट निर्माण भइरहेको छ त्यों पनि आसारे बिकाश बजेट पचाउने दाउमा ,जनताको भावना नबुझि आफ्नो स्वार्थबाट पूरा भइरहेको छ।

